Parents Counselling Tips

के हुन् त अभिभावक शिक्षा कार्यक्रमका उद्देश्य ?
हामी सबैको चाहना आप्mना बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्नु हो । तर, कसरी ? सबैलाई थाहा नहुन सक्छ । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्धबाट बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्नु नै अभिभावक शिक्षा कार्यक्रमको मुख्य उद्देश्य हो । ‘मेरा बुबाआमा केही बुझ्नुहुन्न । मलाई माया नै गर्नुहुन्न ।’ वा अरु नै कुनै आरोप बालबालिकाले अभिभावकलाई लगाएका हुनसक्छन् । अभिभावकका पनि बालबालिकासमक्ष थुप्रै गुनासाहरु हुनसक्छन् । ती गुनासाहरुको उपयुक्त मिलनविन्दु नहुन सक्छ । यसले बालबालिका र अभिभावकका बीचमा दूरी बढ्नसक्छ । यही दूरीलाई कम गरी बालबालिका र अभिभावकका बीचमा समझदारी बढाउन सहयोग गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो । बालबालिकाका सबै माग पूरा गरिदिनु अभिभावकको दायित्व
नहुनसक्छ ? अभिभावकलाई बालबालिकाप्रतिको सही दायित्व बोध गराउनु पनि यस कार्यक्रमको अर्को पक्ष हो । विद्यालय र अभिभावकबीचको दूरी कम गर्दै सकारात्मक र परिपूरकको सम्बन्ध विकास गर्नु अभिभावक शिक्षा कार्यक्रमको मूल आत्मा हो ।

किन आवश्यक पर्छ त अभिभावक शिक्षा कार्यक्रम ?
तोकिएका उद्देश्य प्राप्त गर्न अभिभावक शिक्षा कार्यक्रम आवश्यक छ । अभिभावक शिक्षा कार्यक्रमले अभिभावकलाई आप्mना सन्तानको अन्तर्निहित क्षमता पहिचान गरी उज्ज्वल भविष्य निर्माण गर्न सही बाटो देखाउँछ । अभिभावकसँग धेरै डराउने बालबालिकाले जीवनमा राम्रो उपलब्धि हासिल नगर्न पनि सक्छन् । विभिन्न कार्यक्रमहरु सञ्चालन गरी अभिभावक र बालबालिकाबीचको दूरी घटाउन तथा एकले अर्कालाई सही तरिकाले बुझ्न अभिभावक शिक्षा कार्यक्रम आवश्यक छ । शिक्षाका समसामयिक प्रवृत्तिहरु, आयामहरु, बालबालिकाका आवश्यकता अभिभावकलाई बुझाउन पनि यो कार्यक्रम चाहिन्छ । समय, समाज, परिवेश, प्रविधि आदिले सोचाइमा प्रभाव पारेको हुन्छ । सोचाइले मनिसको स्वभावमा । विभिन्न दृष्टिकोणबाट प्रभावित बालबालिकालाई बुझ्न र बुझाउन अभिभावक शिक्षा कार्यक्रम सक्षम देखिन्छ । सबै अभिभावकलाई बालबालिकाका रुचि, स्वभाव र विकासका चरणहरु थाहा नहुन सक्छ । यस सम्बन्धमा पनि अभिभावक शिक्षा कार्यक्रम सचेत छ । कुनै काम पर्दा मात्र विद्यालयमा जाने, आप्mनो काम गर्ने र फर्कने प्रायः अभिभावकको स्वभाव हुन सक्छ । पटकपटक विद्यालयमा जानुपर्छ । विद्यालयको वातावरण, शिक्षकहरुको आनिबानी आदिका बारेमा जानकारी लिनुपर्छ । आप्mना बालबालिकाले बस्ने, खेल्ने, पढ्ने, खाने ठाउँ कस्तो
छ ? के त्यो बालमैत्री छ कि छैन ? जस्ता विद्यालयका भौतिक तथा शैक्षणिक पक्षसँग सम्बन्धित अनेक सबालको जबाफ आपैmँ हेरेर र देखेर थाहा पाउनुपर्छ भनी अभिभावकमा चेतना जगाउन पनि अभिभावक शिक्षा उत्तिकै आवश्यक छ । यसरी अभिभावक शिक्षा कार्यक्रमले अभिभावकलाई विद्यालयमा ल्याई विद्यालय, शिक्षक, बालबालिका, शैक्षिक वातावरण आदिको अन्तर्वस्तु बुझाउँछ । त्यो कस्तो हुनुपर्ने हो ? आप्mना छोराछोरीका बारेमा आपूmलाई थाहा नभएका राम्रा वा नराम्रा पक्षहरु जानकारी लिन तथा बालबालिकाको भविष्य साँच्चै सफल बनाउन अभिभावक शिक्षा कार्यक्रम अपरिहार्य नै छ । हामीहरुबीच भएका कमी कमजोरीहरुलाई सुधार गर्दै थप नयाँ तौरतरिका र कार्ययोजना बनाउन अभिभावक शिक्षा कार्यक्रम फलदायी हुन्छ ।